काठमाडौं - विभिन्न पार्टीबाट आएका नेताहरुले प्रगतिशील लोकतान्त्रिक पार्टी एकता घोषणा गरेका छन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँगै पूर्वमन्त्री राम कार्की, पूर्वमन्त्री जनार्दन शर्मा, पूर्वमन्त्री सुदन किराती, सन्तोष परियार लगायतका नेताहरुको अगुवाइमा आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टी बृहत् एकता घोषणा गरिएको छ। काठमाडौँमा विशेष कार्यक्रम गर्दै नेताहरुले पार्टीको झण्डा फहराएर नयाँ पार्टी गठनको घोषणा गरे ।
पार्टीको चुनाव चिन्ह आँखा रहेको छ भने प्रगतिशील समाजवाद मार्गदर्शक मूल सिद्धान्त रहेको नेताहरुले जनाएका छन् । पार्टीमा ७ सदस्यीय अध्यक्ष मण्डल रहने र १५१ जना केन्द्रीय सदस्य रहने बताइएको छ । पार्टीमा पूर्व प्रधानमन्त्री भट्टराई संरक्षक रहनेछन् भने नेता शर्मा र कार्की नीति परिषदमा रहनेछ।



0 comment