काठमाडौं - मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रदेश सभाका पाँच सदस्यमाथि गरेको कारबाहीलाई उपसभामुख बबिता कुमारी राउत ईशरले बदर गरेकी छन् ।
सभामुख मण्डलले हिजो जसपा नेपालका चार र जनमत पार्टीका एक सांसदलाई लगातार १० वटा बैठकमा उपस्थित नभएको भन्दै सांसद पदबाट हटाउने निर्णय गरेका थिए ।
उपसभामुख ईशरले सभामुखद्वारा गरिएको उक्त कारबाही प्रतिशोध पूर्ण रहेको भन्दै आज एक सूचना जारी गर्दै बदर गरेकी हुन् । उनले कात्तिक २२ गतेको बैठकमा उपस्थित रहेको प्रस्ट पारेकी छन् ।उनले पाँचै जना प्रदेश सभा सदस्यमाथिको कारबाही बदर गरिएको सुचनामा उल्लेख गरेकी छिन्।
सांसदहरु उर्मिलादेवी सिंह सर्लाही, मनिष कुमार सुमन सप्तरी, सन्जयकुमार यादव सर्लाही, सिंहासन कलबार सर्लाही, सारदा शंकर कलबार बारालाई पदबाट हटाउने निर्णय गरेका थिए ।




0 comment