काठमाडौं - सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक दिवस मनाउने निर्णय गरेको छ।
गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि गृहमन्त्री ओमप्रकाश अर्यालले पहिलो निर्णयस्वरूप राष्ट्रिय झण्डा आधा झुकाएर शोक दिवस मनाउने घोषणा गरेका हुन्। उक्त निर्णय मन्त्रिपरिषद्को बैठकबाट औपचारिकता पाउनेछ। शोक दिवस कहिले मनाउने भन्ने टुंगो भने मन्त्रिपरिषद्ले बैठकमार्फत तय गर्नेछ।
यसैबीच, गृहमन्त्री अर्यालले आन्दोलनमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई काजकिरिया खर्च स्वरूप तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेका छन्।


0 comment