काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले अर्थसम्बन्धी तीन वटा विधेयक प्रमाणीकरण गरेका छन्। दुवै सदनबाट पारित भई राष्ट्रपतिको समक्ष पेस भएका ती विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरिएको हो।
राष्ट्रपति कार्यालय शीतल निवासकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार, प्रमाणीकरण भएका विधेयकहरूमा आर्थिक वर्ष २०८२/८३ का लागि सङ्घीय सञ्चित कोषबाट रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धी विधेयक, नेपाल सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक, र राष्ट्र ऋण उठाउने अधिकारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक रहेका छन्। प्रमाणीकरणसँगै यी विधेयकहरूले कानुनको रूप लिने छ।


0 comment