काठमाडौं - नेपालको राजनितिक र कुटनितिक क्षेत्रका प्रभावशाली र शक्तिशाली र अदृश्य पात्रको नाम हो- उमाकान्त गिरी । नेपालको राजनिति, सरकार, साना ठूला सबै दलहरुमा गिरीको दबदबा रहेको छ । गिरीको शंकास्पद भुमिकालाई लिएर सरकारमा बेला बेला प्रश्न उठ्ने गर्छ । तर भारतले गिरीलाई चलाउन दिँदैन ।
भारत र गिरीको कस्तो सम्बन्ध हो भनेर हाम्रा संवाददाताले गिरीलाई धेरै पटक पछ्याएका थिए । गिरीलाई लैनचौर भारतीय दुतावास अगाडी भेटेर कर र्याखर्याख्ती पारेपछि गिरीले हाम्रा संवाददातालाई दुतावासभित्र लगेर राजदूतसँग राखेर चिया नास्ता गराएका थिए । हाम्रा संवाददाताका अनुसार गिरी र भारतीय दुतावासको सम्बन्ध विशिष्ट छ । गिरीको पहुँच ठूलो रहेको छ । दुतावाससँगको सम्बन्धको कारण गिरीको प्रत्यक्ष सम्पर्क भेट राष्ट्रपति, प्रधानमन्त्री, शक्तिशाली नेताहरुका साथै विभिन्न नियोगका प्रमुखसँग हुने गर्दछ । प्रथममन्त्री, राष्ट्रपति, प्रधानन्यायधीश समेतले गिरीलाई सिधा फोन गर्ने गर्छन् ।
नेपालको सरकार भारतको चाहना र स्वार्थ अनुसार बन्ने हुँदा आवश्यक परे गिरी सरकारको आयु भन्न सक्ने पहुँच राख्छन् । मन नपरेका शक्तिशाली मानिएका नेतालाई गिरीले कमजोर बनाउने गरेका छन् । जो होस् गिरी सजिलै भेट्न मान्दैनन् । नेताहरुसँग फोटो खिचाउन रुचाउँदैनन् । काँग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री हुँदा गिरीलाई भेट्न बोलाउँदा गिरीले भेट्न नमानेपछि देउवा चिडिएका थिए । त्यसैले देउवासँग यिनको सम्बन्ध राम्रो छैन । काँग्रेसका दोश्रो पुस्ताका नेताहरुसँग गिरीको सम्बन्ध बलियो छ । आफ्नै जिल्लावासी कामु गर्भनर निलम ढुङानालाई राष्ट्र बैंकको गभर्नर बनाउन गिरीले प्रम केपी शर्मा ओलीसँग भेटेरै आग्रह गरेका थिए भने गुणाकर भट्टलाई रोकेका थिए। गिरीको कारण लामो समय गभर्नर नियुक्तिमा ढिलाई भएको एक काँग्रेस नेताले बताए । देउवासँग राम्रो सम्बन्ध नभएका कारण ढुङ्गानालाई गभर्नर बनाउन भने गिरी असफल भए ।
अरुसँग पैसा खाने, सरकारसँग आफन्तलाई नियुक्ति माग्ने काम गिरी गैर्दैनन् । आफूले मन पराएका व्यक्तिको बारेमा भने राय दिने गर्छन् । साधारण नागरिकले सामान्य ढंगले उनको हुलियाका आधारमा गिरीको शक्ती र पहुँचलाई चिन्न, बुझ्न सक्दैन । गिरीकै अनुरोधमा उनको धेरै कुरा गोप्य राखिएको छ । भित्र भित्र गिरी सरकार परिवर्तन हुने र नयाँ समीकरण बन्दै गरेको बताउँछन् । तर खुलेर बताउन भने चाहेनन् ।


0 comment