काठमाडौं - अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

बुधबारदेखि सुनको मूल्य बढिरहेको छ । आज (बिहीबार) सुन प्रतितोला १७ सय रुपैयाले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार चाँदी पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । चाँदी प्रतितोला दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
    
अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३५५ डलरमा कारोबार भइरहेको छ ।