काठमाडौँ - श्री पशुपतिनाथ मन्दिरका मुख्य पूजारी रावल गणेश भट्टसँग आराध्यदेव भगवान श्री पशुपतिनाथको विविध गतिविधि एवं धार्मिक समसामयिक विषयमा बृहद छलफल गरियो ।

उक्त अवसरमा मूलभट्ट रावलले सनातन हिन्दु धर्म र परम्परा सस्कारलगायत श्री पशुपतिनाथका बरेमा सबैबाट सहयोग हुनुपर्नेमा जोड दिनुहुँदै उहाँले हालैका दिनमा पशुपति क्षेत्रमा बढेको चोरी तत्काल नियन्त्रण गरी सम्मानित सर्वोच्च अदालतले श्री पशुपतिनाथ मन्दिरमा श्रदालु भक्तजनहरुले मूल प्रसाद चढाउन दिनू भनी दिएको आदेश पशुपति क्षेत्र विकास कोषले कार्यन्वयन नभएकोप्रति रोष प्रकट गर्नुभयो ।

उक्त अवसरमा विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सगर थापा, श्रीपशुपतिनाथ सेवक संघका अध्यक्ष केदारमान भण्डारी, युनिटी भ्वाइस मासिकका सम्पादक रामचन्द्र खड्का, भगवती मानव कल्याण संगठन नेपाल राष्ट्रिय समितिका अध्यक्ष रामेश्वर थापा, बिशाल नेपाल डटकम अनलाइनका मदनकृष्ण सिलवाल लगायतको उपस्थित रहेको थियो ।