काठमाडौं - नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला पाँच हजार ७०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ७५ हजार ४०० मा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला एक लाख ८१ हजार १०० कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला एक हजार ८३५ रहेको चाँदीको मूल्य आज प्रतितोला एक हजार ९०० पुगेको छ ।


0 comment