काठमाडौं - बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज (सोमबार) पुन: ३५ अर्ब रुपैयाँ झिक्न लागेको छ ।

बजारमा आवश्यकभन्दा धेरै पैसा (तरलता) भएको भन्दै त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट रकम झिक्न लागेको हो ।

तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २३ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ । यसका लागि अनलाइन बोलकबोलका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सूचनामार्फत आह्वान गरेको छ ।

निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकमा पैसा निक्षेप गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने सूचनामा उल्लेख छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।