काठमाडौं - नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख ७० हजार  चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा एक लाख ७० हजार ३०० रुपैयाँ कायम भएको थियो । 

यस्तै, चाँदीको मूल्य स्थिर रहँदै तोलामा एक हजार ९८५ रुपैयाँ कायम भएको छ ।