काठमाडौं - खरिद/बिक्री दुवैको जोड प्राथमिक पुँजीको २० प्रतिशतभन्दा बढी हुन नहुने भएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार विदेशी विनिमय कारोबार गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरु, विदेशी मुद्रा कारोबार गर्न अनुमति पाएका सम्पूर्ण निकाय तथा नेपाल राष्ट्र बैंक, बैंकिङ विभागलगायत सम्पूर्ण प्रदेशस्थित कार्यालयसमेतको नाममा परिपत्र जारी गरेको हो । राष्ट्र बैंकको परिपत्रअनुसार  प्राथमिक पुँजीसम्बन्धी संशोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

परिपत्रमार्फत राष्ट्र बैंकले भनेको छ- विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र-२०८० को एकीकृत इ.प्रा. परिपत्र  १९ / २०८० को दफा २ को बुँदा (ग) लाई देहायबमोजिम संशोधन गरिएको हुँदा सोहीबमोजिम गर्नु/गराउनु हुन विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी यो परिपत्र जारी गरिएको छ ।

परिपत्रअनुसार प्रोपिट्यारी अन्तर्गतका डेरिभेटिभ्स कारोबारको हकमा बक्यौता खरिद र बिक्री दुवैको जोड प्राथमिक पुँजीको २० (बीस) प्रतिशतभन्दा बढी हुन नहुने राष्ट्र बैंकको भनाइ छ ।