काठमाडौं - नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना वरिष्ठ अभिकर्ताहरुको राय-सुझाव र मागलाई मध्यनजर गर्दै कम्पनीको बहुचर्चित बाल अमृत बिमालेख अन्तर्गत बाल अमृत-४ सावधिक बिमालेख प्रस्तुत गरेको छ ।
जुम मिटिङमार्फत जोडिएका कम्पनीका सवै प्रदेश तथा शाखा प्रमुख, मार्केटिङ कर्मचारीहरु, वरिष्ठ अभिकर्ताहरुका साथै केन्द्रीय कार्यालयका विभागिय प्रमुखहरु सम्मिलित एक समारोहबीच प्रमुख कार्यकारी अधिकृतले बिमालेखको उद्घाटन गर्दै विगतमा पनि अभिकर्ता तथा बिमित वर्गहरुले अत्यन्तै रुचाएको बाल अमृत बिमालेखलाई अझ बढि परिष्किृत गरी योजना प्रस्तुत गरेको बताए ।
योजनाका विशेषताका सम्बन्धमा बजार विभाग प्रमुख विवेक शर्माले प्रस्ट्यउँदै बिमितको प्रवेश उमेर न्यूनतम १ महिना (३०) दिन र अधिकतम १५ वर्ष, प्रस्तावकको उमेर न्यूनतम २० वर्ष र अधिकतम ५० वर्षसम्म रहने प्रावधान छ । बिमालेखमा प्रस्तावकका रुपमा बुबा, आमा वा कानुनी संरक्षक हुनुपर्नेछ । बिमांक रकम न्यूनतम १ लाख र अधिकतम आयस्रोतका आधारमा ५० लाखसम्म लिन सकिने यस बिमालेखले प्रस्तावकको पनि जोखिम रक्षावरण गरेको हुन्छ ।
बिमाशुल्क मासिक, त्रैमासिक अर्धवर्षिक र वार्षिकरुपमा बुझाउन सकिने व्यवस्था गरेको छ । यसैगरी यस बिमालेख योजनामा अधिकतम बिमा समाप्ति उमेर ७० वर्ष रहेको छ । चुक्ता मूल्य, ऋण, समर्पण मूल्य र आयकर छुटलगायतका अन्य सुविधहरु पनि यस बिमालेखमा रहेको बताए ।


0 comment