काठमाडौं - फोनपे पेमेन्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले सोमबार ललितपुरको पुल्चोकमा सञ्चालक समिति अध्यक्ष सशिन जोशीको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
कार्यक्रममा आव ०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा-नोक्सान, हिसाब तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरणहरु पारित गरी फोनपेको सेयरधनीहरुलाई २०८१ असार मसान्तमा कायम रहेको चुक्ता पुँजीको १० दशमलव ५३ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने निर्णय गरेको छ ।
साथै, आव ०८१/८२ को लेखापरीक्षकका लागि एनबीएसएम एन्ड एसोसिएट्सलाई नै नियुक्ति गर्ने निर्णय गरेको छ ।


0 comment