काठमाडौं - पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लि.को १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाको सञ्चालक समिति अध्यक्ष चन्द्र बहादुर क्षेत्रीको अध्यक्षतामा होटल टास्क इन्टरनेश्नल प्रा.लि. पोखराको सभा हलमा मिति २०८१ पौष २९ गते सोमवार वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सभाले सञ्चालक समिति अध्यक्ष चन्द्रबहादुर क्षेत्रीद्वारा प्रस्तुत आव ०८०/८१ को वार्षिक प्रतिवेदन तथा विभिन्न प्रस्तावसहित शून्य दशमलव पाँच प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश र नौ दशमलव पाँच प्रतिशत बोनस सेयर पारित गरेको छ ।
संस्थाको हालको चुक्ता पुँजी वृद्धि भई ४० करोड ७६ लाख ९२ हजार ३ सय ४ पैसा ७६ पुगेको छ । साथै साधारणसभामा सर्वसम्मत रुपमा नयाँ सञ्चालक समितिको चयन पनि भएको छ । नयाँ सञ्चालक समितिमा संस्थापक समूहका तर्फबाट चन्द्रबहादुर क्षेत्री, चन्द्रबहादुर बस्नेत, रमाकुमारी शर्मा र गणेश पौडेल तथा सर्वसाधारण सेयरधनीहरुका तर्फबाट विश्वराज नेपाल र युक्तबहादुर सुवेदी निर्विरोध निर्वाचित भएका छन् ।
सोही दिन बसेको सञ्चालक समितिको बैठकले सञ्चालक चन्द्रबहादुर क्षेत्रीलाई सर्वसम्मत रुपमा पुनः अध्यक्ष चयन गरेको छ ।


0 comment