काठमाडौं - बजारमा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य तोलाको १ लाख ५५ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ७०० रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।