काठमाडौं - सीजी डिजिटलले आफ्नो सेवा विस्तार गर्दै बिर्तामोड, दमक, वीरगञ्ज, नवलपरासी र काठमाडौँको बिशालनगरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । यी शाखाहरूमा ग्राहकहरूले रेफ्रिजरेटर, वाशिङ मेसिन, एलईडी टिभी, चिम्नी, ग्यास चुल्हो, भान्साका उपकरणहरू लगायतका धेरै प्रकारका इलेक्ट्रोनिक्स उत्पादनहरू पाउन सकिने छ ।

यी शोरुमहरुमा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट ब्रान्डहरू जस्तैः एलजी, सिजी, टिसिएल, गोदरेज, बेको, मिडिया, केन्ट, इलिका, सेन्सी, ब्याल्क प्लस डेकोर, क्रम्टन, नथिङ एपल आईफोन लगायतका उत्पादनहरू उपलब्ध रहेको कम्पनीको भनाई छ ।  

आफ्ना सामानहरुको प्रदर्शन  र सुपत मूल्यमा बिक्रि वितरण तथा अन्तराष्ट्रियस्तरको ग्राहकको सेवा, बिशेष जानकारी तथा प्रयोग बारे शिक्षा प्रदान गराउने उदेश्य  सहित शोरुम संचालन गरिएको छ। दक्ष्य र अनुभवी सेल्स पर्सनहरु बाट यहाँ भएका बिधुतिय सामग्रीहरुको पूर्ण जानकारी र यस विशेष अवसरमा ग्राहकहरूले ३० प्रतिशत सम्मको विशेष छुट पाउन सक्नेछन् । तर, यो छुट सीमित अवधिका लागि मात्र मान्य हुनेछ ।

नयाँ शाखाहरूमा फ्रि कुकिङ क्लास र लाईभ डेमोको समेत व्यवस्था गरिएको छ, जसमा सहभागी भई ग्राहकले नयाँ तथा रोचक खाना पकाउने कला सिक्न सक्ने छन् । नेपालकै सबैभन्दा ठूलो मल्टीब्रान्ड इलेक्ट्रोनिक्स शोरूमका रूपमा, ग्राहकहरूको आवश्यकता पूरा गर्न उत्कृष्ट सेवाहरू प्रदान गर्दै आएको  छ । यसमा फ्रि डेलिभरी, फ्रि इन्सटलेशन, एक्सचेन्ज अफ र लोयालिटी प्वाईन्ट्स जस्ता सुविधाहरू पनि समावेश रहेका छन् ।

 यी ५ वटा समेत गर्दा सीजी डिजिटलका शाखाहरूको संख्या २७ पुगेको छ, जसले देशभरका ग्राहकहरूलाई उच्च गुणस्तरीय उत्पादन र सेवा उपलब्ध गराउने कामलाई अझ प्रभावकारी बनाएको छ ।