काठमाडौं - नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा एक हजार ६ सय रुपैयाँले बढेको छ । 

आज छापावाल सुन १ लाख ५५ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रबार सुनको मूल्य तोलामा १ लाख ५४ हजार १०० रुपैयाँ थियो । 

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर एक हजार ८६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।