काठमाडौं - नेपाली बजारमा आज सुन-चाँदीको मूल्य बढेको छ ।

शुक्रबार सुन प्रतितोला आठ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यस्तै, आज चाँदी पाँच रुपैयाँ बढेर तोलामा एक हजार आठ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।