काठमाडौं - साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ ।
आज परिसूचक ४.९८ अङ्कले बढेर २ हजार सात सय ५३.७६ को बिन्दुमा कायम भएको छ ।
आज विभिन्न कम्पनीका ३२६ कम्पनीको २ करोड ४४ लाख २६ हजार ९ सय कित्ता शेयर १ लाख १३ हजार २५२ पटक खरिदबिक्री हुँदा ११ अर्ब ७२ करोड ६७ लाख ५६ हजार ९ सय ४ बराबरको कारोबार भएको छ ।
आज बैंकिङ ०.२१, वित्त १.६३, उत्पादन तथा प्रशोधन १.१३ र निर्जीवन बीमा समूह ०.६९ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक २.२१ प्रतिशतले बढेको छ ।
त्यस्तै, विकास बैंक ०.६२, जलविद्युत् ०.८५, लगानी ०.१७, जीवन बीमा ०.२१, लघुवित्त १.२८, म्युचुअल फन्ड ०.२९, व्यापार ०.२४ र अन्य समूह ०.११ प्रतिशतले घटेको छ ।
उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने समृद्धि फाइनान्स कम्पनी लिमिटेड र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको ४५ करोड १७ लाख १० हजार ३७२ बराबरको कारोबार भएको छ ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको सबैभन्दा धेरै १२ लाख ४२ हजार ३८९ कित्ता शेयर किनबेच भएको छ ।
0 comment