काठमाडौं - आज सुनको मुल्य तोलामा पाँच सय रुपैयाँ घटेको छ ।

आज सुन प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि शुक्रबार प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै, आज चाँदी तोलामा २० रुपैयाँ घटेर प्रतितोला १९६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।