काठमाडौं - तिहार अघिको अन्तिम कारोबारका दिन आज सेयर बजार सामान्य अङ्कले घटेको छ ।
 
आज नेप्से परिसूचक १४.४३ अङ्कले घटेर २६७७. ६२ को बिन्दुमा बन्द भएको छ ।

सेयर बजारमा आज ५अर्ब ९५ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सीएचडिसीको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ३४ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था र मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । 

आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । 

 आज सबैभन्दा धेरै जानकी फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४.९० प्रतिशतका दरले गुमाएका छन् ।