काठमाडौं । 
देशको अर्थतन्त्र धारासायि भयो भनेर चौतर्फी कुरा उठिरहेका वेला उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र चलायमान हुँदै गएको जिकिर गरेका छन । नयाँ सरकार बनेर सय दिन पूरा गरेको समिक्षा गर्दै अर्थमन्त्री पौडेलले नीतिगत स्थिरता र राजनीतिक स्थिरतासँगै देशको अर्थतन्त्र सकारात्मक बाटोतर्फ जान थालेको कुरा बताएका छन । अर्थमन्त्री भने अघिल्लो सरकारले विगारेका कतिपय कुराहरु यो सरकारले लयमा ल्याएको दाबी गरेका छन । 
नेपाली कांग्रेस र नेकपा एमालेबीचको समीकरणमा बनेको यो सरकारमा एमाले नेता विष्णुप्रसाद पौडेल चौथो पटक अर्थमन्त्री बनेका हुन । अर्थमन्त्री बन्नु अघिका नीतिहरुमा सैद्धान्तिक रुपमा केही पनि बदलिएको छैन ।  तर शेयर बजारमा उछाल छ, हरियाली छाएको छ । आर्थिक वृद्धिदरलाई अनुमान गर्नसक्ने अवस्थाको निर्माण भएको छैन, उत्पादनमुलक क्षेत्रमा पनि वृद्धिदर देखिनेगरी छैन, लगानीयोग्य रकम बैंकिङ प्रणालीमा थुप्रिएको छ, निराश लाग्दो कर्जा प्रवाह छ । यस्तो अवस्थामा पनि मुलुकको अर्थतन्त्र अब चलायमान भएको सरकारले दाबी गरिरहेको छ । मन्त्री पौडेलले बाढी पहिरोको विपतबाट हामीले भोगेको समस्यालाई पनि कम गर्दै मुलुकको अर्थतन्त्रलाई लयमा ल्याउन यो सरकार सफल भएको दाबी गरेका छन ।