काठमाडौं - साताको अन्तिम दिन अर्थात आज सेयर बजार दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १८ दशमलव २५ अङ्कले घटेर २६२७. १४ को बिन्दुमा बन्द भएको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। बुधबार ६ अर्बभन्दा बढीको कारोबार भएको बजारमा आज  ५ अर्ब ४१ करोडको कारोबार भयो ।

आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको कारोबार भएको छ ।