काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.८८ अङ्कले बढेर २६६५.८१ बिन्दुमा कायम भएको छ ।
आज ३१४ कम्पनीको १ करोड ९ लाख ६२ हजार २८१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १७ करोड १६ लाख ६५ हजार रुपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै गुडविल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
त्यसैगरी, आज सबैभन्दा धेरै रावा इनर्जीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले आज ८. ८६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।
0 comment