दोलखा सदरमुकाम चरिकोटको सिमपानीमा अविरल बर्षाका कारण घर भत्किदा तीन जनाको मृत्यु भएको छ ।
३ बर्षिय बालक गम्भीर घाइते भएका छन ।
सिमपानी टोलको भुजेलको घर भत्किदा ३६ बर्षिय राजकुमार भुजेल ,३६ बर्षिय राधिका भुजेल,१५ बर्षिय सुजन भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
३ बर्षिय बालक युवराज भुजेलको उपचारको लागि धुलिखेल अस्पताल पठाईएको छ।
त्यसै गरि दोलखाको बिगु गाउपालिका १ लामनबर स्थित कन्टोल भवन पहिरोले पुरिदा दुई जान नेपाली सेना र दुई अपर तामाकोसीका कर्मचारी सम्पर्क विहिन भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

0 comment