काठमाडौं - कोशी ब्यारेजमा केहीबेर अघि खसेको सबै यात्रुहरुको उद्धार गरिएको छ । 

बस दुर्घटनामा परेका  २० जना यात्रुको उद्धार गरिएको  जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

ब्यारेजबाट निकालिएकाहरुलाई सुनसरीको विभिन्न अस्पतालमा लगिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभएको छ ।

विराटनगरबाट मधेश प्रदेशतर्फ गइरहेको को १ ख ४६०१ नम्बरको नरसिंह डिलक्स बस दुर्घटनामा परेको हो ।