काठमाडौं - रामेछाप सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका –५ सुनारपानी हुँदै वडा ४ सालु जाँदै गरेको डबल क्यापको बोलेरो गाडी दुर्घटना भएको छ ।
दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् ।
मन्थलीबाट सालु जाँदै गरेको बा १८ च १८६९ नम्बरको बोलेर गाडी मन्थली नगरपालिका –५ सुनारपानीस्थित भदौरे डाँडा मोडमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ ।
४ जना गम्भीर गम्भीर घाइते भएको प्रहरीको भनाइ छ ।
डबल क्यापको बोलेरो गाडी दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएकोमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको सदरमुकाम मन्थलीस्थित विभिन्न अस्पतालमा उपचारका लागि ल्याइएको छ ।


0 comment