काठमाडौं - काठमाडौं महानगरपालिका–४ स्थित धुम्रबराह माध्यमिक विद्यालयको ९ रोपनी ६ आना जग्गा कब्जा गर्न भूमाफिया सक्रिय भएका छन् । 

उनीहरु विद्यालयको जग्गामा पार्टी पुनर्निर्माणका नाममा कब्जा जमाउन कम्मर कसेर लागेको र लगभग सफल भईसकेको भेटिएको छ । २०७६ साल जेठमा ‘बालमैत्री विद्यालय’ घोषणा गरिएको उक्त विद्यालयमा हाल कक्षा १२ सम्म अध्यापन भईरहेको छ । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका अन्धभक्त काठमाडौं महानगरपालिका-४ का वडाध्यक्ष दिनेश महर्जन भूमाफियाको लोभमा फसेर उक्त विद्यालयको नाममा लालपुर्जासमेत भएको जग्गामा व्यावसायिक भवन निर्माण गर्न राजि भएको स्रोतले बताएको छ।

प्रधानमन्त्री ओलीको महानगरका मेयर बालेनलाई असफल बनाउने योजना अन्तर्गत वडा नम्बर ४ का वडाध्यक्ष दिनेश महर्जनले उक्त कार्य अघि बढाएको बुझिएको छ। 

मेयर बालेन शाहसंग रिसीइबी साट्न विद्यालयलाई नै धराशायी बनाउने योजना आफैँमा घृणित र लाजमर्दो भएको र यसको प्रतिवादमा उत्रने स्थानीयले बताएका छन् ।