काठमाडौं ।
चन्द्रागिरि नगरपालिका वडा नं. १० बालश्रम मुक्त वडा घोषणा भएको छ । वडाले एक भव्य समारोह गरी वडालाई बालश्रम मुक्त वडा घोषणा गरेको हो । नगरपालिकामा १५ वटा वडा मध्ये ८ वटा वडा बालश्रम मुक्त वडा घोषणा भएका हुन । चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीको प्रमुख अतिथ्यतामा भएको घोषणा समारोहमा नगर उपप्रमुख वसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल कार्यपालिका सदस्य तथा वडावासीहरुको बाक्लो उपस्थिती रहेको थियो । बालश्रम मुक्त वडा घोषणाको लागि २० वडा स्थानीय तह बालश्रम मुक्त घोषणा कार्यविधि २०७७ लाई अबलम्बन गर्नुका साथै कार्यविधिमा उल्लेखित सूचकहरु पूरा गरी वडाले बालश्रम मुक्त वडा बनाएको हो । वडा घोषणा कार्यक्रमको क्रममा वडावासीहरुको र्यालीसहित पूरै वडा परिक्रमा गरी बोसीगाँउमा समारोह गरेको थियो । बालबालिकाहरुलाई श्रममा लगाउनु अपराध हो, बालअधिकारको सुनिश्चित गरौं, लगायतका प्लेकार्ड बोकी झाँकीसहितको र्यालीले वडा परिक्रमा गरेको हो । बालश्रम मुक्त वडा घोषणा कार्यक्रममा बोल्दै नगरप्रमुख घनश्याम गिरीले चालु आर्थिक वर्षमा यस नगरपालिकाका सबै वडालाई बालश्रम मुक्त वडा बनाइ सक्ने कुरा उल्लेख गर्दै यस कार्यको लागि नगरवासीहरुको साथ र सहयोग आवश्यक भएको बताउनु भयो । सोही क्रममा बालबालिकाको अधिकार संरक्षण गर्नका लागि नगरपालिका सम्वेदनसिल रहेको नगर प्रमुख गिरीको भनाइ थियो ।
उपप्रमुख वसन्ती श्रेष्ठले बालबालिकाका लागि चनद्रागिरि नगरपालिकाले लगानी गरिरहेको र पूरै नगरलाई नै बालमैत्री नगर बनाउने योजनामा नगरले काम गरिरहेको कुरा बताउनु भयो । बालबालिकाका लागि काम गर्ने संघ संस्थाहरुलाई हाम्रो नगरपालिकामा जहिले स्वागत गर्ने भन्दै सिंगो नगरवासीको साथ र हौसलाले हामी सफलतातिर गइरहेको उपप्रमुख श्रेष्ठको भनाइ थियो ।
नगरपालिका सामाजिक शाखा प्रमुख रश्मी श्रेष्ठले नगरपालिकाको बालकोषबाट आर्थिक वर्ष २०८१ मा धेरै बालबालिकालाई विभिन्न सहयोगसहित परिवारमा पुर्नस्थापना गरिएको बताउनु भयो । स्थानीय भन्दा पनि अन्य स्थानीय तहबाट आएका बालबालिका श्रममा भेटिएको र तिनलाई परिवारमा पुर्नमिलन गर्ने काम वडाले गरेको बताउनु भयो । कार्यक्रमको अन्त्यमा वडा नं. १० का वडा अध्यक्ष शिव कुमार महर्जनले राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर हाम्रो वडालाई बालश्रम मुक्त बनाउन पाउदा निकै खुशी लागेको र यस कार्यका लागि विभिन्न भूमिकामा रहेर सहयोग गर्ने सहयागी हातहरु बाल विकास समाज, वल्र्ड भिजन इन्टरनेसनल नेपाल लगायतका संघ संस्थालाई विशेष धन्यवाद दिनु भएको थियो । बालमुक्त वडा घोषण कार्यक्रमका लागि वल्र्ड भिजन ईन्टरनेसनल नेपाल बाल विकास समाजले सहयोग गरेको थियो भने कार्र्यक्रम सञ्चालन वडा सचिव लक्ष्मण थापाले गर्नु भएको थियो भने कार्यक्रममा विभिन्न निकाय तथा व्यक्तीहरुलाई वडाले सम्मान पत्र, मायाको चिनो समेत प्रदान गरेको थियो ।


0 comment