काठमाडौं - लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनः उकालो लागेको छ ।
आज सुनको मूल्य तोलामा एक हजार पाँच सयले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बिहीबार प्रतितोला एक लाख ५५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ५७ हजार एक सय पुगेको छ ।
यस्तै चाँदीको मूल्य आज तोलामा ३५ रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार आठ सय ८० मा कारोबार भएको चाँदी आज एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


0 comment