दीपा थपलिया,
जिल्ल्ला प्रहरी कार्यालय पर्साको टोलिले लागुऔषध सहित एक जनालाइ पक्राउ गरेको छ । प्स्जराउ पर्नेमा भारत विहार जिल्ला मोतीहारी थाना आदापुर बस्ने वर्ष २३ को बिकाश कुमार पटेल रहेका छ्न । जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.८ पानीटंकी टोल जमुना सेकुवा पसलमा लागु औषध खरिद बिक्री कारोवारी भैरहेको भन्ने सुचनाको अधारमा जिल्ल्ला प्रहरी कार्यालय पर्साको टोलिले एक जना संकासपद व्यक्तिलाई नियन्त्रणमा लिएको थियो। कानूनी रीतपुऱ्याई खानतलासी गर्दा पटेलले लगाएको पाइन्टको खल्तीबाट लागु औषध ब्राउन सुगर ४८ ग्राम बरामद गरेको थियो ।
पक्राउ परेका पटेललाइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोद ढुङ्गेलले जानकारी दिनु भयो। यसैगरी मोरङ जिल्लाको छुट्टा छुटै दुई स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका-१ का २२ बर्षीय कर्ण लिम्बुलाई ४ ग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
त्यसै गरि विराटनगर महानगरपालिका-१५ ढाट स्थित भारतबाट झापा गौरादह नगरपालिका-७ का १९ बर्षीय मन्जिल चौधरीलाई ९३ मिलिग्राम ब्राउन सुगर सहित लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख नवराज कार्किले जानकारी दिनुभयो ।


0 comment