काठमाडौं ।
चन्द्रागिरि नगरपालिका वडा नं. १० बालश्रम मुक्त वडा घोषणाको सम्बन्धमा पत्रकार सम्मेलन गरेको वडा अध्यक्ष शिव कुमार महर्जनले पत्रकार सम्मेलन गरी यही मिति २०८१ असोज ५ गते वडालाई बालश्रम मुक्त घोषणा गर्ने सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको छ । वडास्तरीय बालअधिकार समिति तथा वडामा रहेका विभिन्न समितिहरुले तिब्र रुपमा काम गरेको र सबै तयारी पूरा भएको बताउनु भयो । बालश्रम मुक्त वडा बनाउनका लागि २० वटा सूचक पूरा गर्नुपर्ने कार्यविधिमा रहेको र सोही अनुसार सूचक पूरा गरी फाइलिङ गर्ने काम समेत सकिएको वडा अध्यक्ष महर्जनले बताउनु भयो । बालश्रम मुक्त वडा घोषणा कार्यक्रमका लागि करिब ६ सय जना पाहुनाहरुको उपस्थिती रहने अनुमानसहित उहाँले भन्नु भयो वडामा रहेका सबै उद्योग कलकारखाना लगायत वडावासीलाई कार्यक्रममा उपस्थिती भइ कार्यक्रमको गरिमा बढाइदिनु हुन सबैले हार्दिक आग्रह गर्दछु । पत्रकार सम्मेलनमा वडा अध्यक्ष महर्जनले भन्नु भयो म अन्य वडा भन्दा फरक तवरबाट बालश्रम मुक्त वडा बनाउने योजना रहेको छ । बालबालिकाको अधिकार संरक्षणका लागि यो वडा जहिले पनि सम्बेदनसिल रहेको कुरा पनि जानकारी गराउनु भयो । बालश्रम मुक्त वडा बनाउने तयारीका लागि हाम्रो काममा सहयोग गर्ने बाल विकास समाज तथा वल्र्ड भिजन इन्टरनेसनल नेपाललाई पनि विशेष धन्यवाद दिनु भयो ।


0 comment