काठमाडौं - त्रिशूली नदीमा ट्रक खसेको छ। 

आज बिहान सिमराबाट काठमाडौँ आँउदै गरेको ट्रक नारायणघाट- मुग्लिन सडक अन्तर्गत चितवनको भरतपुर महानगरपालिका- २९ को २५ किलोबाट त्रिशूली नदीमा खसेको हो। 

ना ६ ख  ६२८३ नम्बरको ट्रक खसेको जनाइएको छ ।

दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।