काठमाडौं - काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा असोज ३ गतेदेखि सञ्चालनमा आउने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको अवसर पारेर धरहरालाई अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
२०७२ वैशाख २१ गतेको भूकम्पबाट तत्कालीन प्रधानमन्त्री भीमसेन थापाको पालामा बनेको धरहरा ढलेको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा ढलेको धरहरासँगै त्यसकै अर्को प्रतिस्वरुप बनाइएको छ ।
उक्त नयाँ धरहराको २०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । त्यसबेला धरहराको पूरा क्षेत्र पुनर्निर्माण अधुरै रहेका बेला उद्घाटन भएपछि आलोचना भएको थियो ।


0 comment