काठमाडौं - सर्लाही प्रहरीले २७ लाख मूल्य बराबरको पटाका बरामद गरेको छ ।
सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भित्र्याएर सर्लाही सदरमुकाम मलङ्गवा- ४ स्थित गणेशिया चौर नजिकै एक घरमा भण्डारण गरी राखिएको अवस्थामा पटका बरामद गरेको हो ।
बरामद पटका करिब २७ लाख मूल्य पर्ने सशस्त्र प्रहरी मलङ्गवाले जनाएको छ ।


0 comment