काठमाडौं - धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मङ्गलबार साँझ फेरि हिउँ पहिरो खसेको छ ।
हिउँ पहिरोले मुस्ताङको बोक्सीखोला पूर्णरुपमा थुनिएको थासाङ गाउँपालिका २ का वडाध्यक्ष गौतम शेरचनले जानकारी दिनुभयो ।
हिउँपहिरो झरेसँगै आसपासमा बस्ती नभएपनि सतर्कता अपनाइएको उहाँले बताउनुभयो ।
बेनी- जोमसोम सडक बोक्सीखोलामा पर्दछ ।
यसअघि भदौ ६ गते पनि थासाङको बोक्सी खोला माथि हिमपहिरो खसेको थियो ।


0 comment