काठमाडौं - पूर्व प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास नजिकै फेला परेको शङ्कास्पद वस्तुभित्र माटो रहेको खुलेको छ । 

गएराति कालो झोलाभित्र तारसहितको शङ्कास्पद वस्तु देउवा निवास अगाडि फेला परेको थियो ।

आज बिहान नेपाली सेनाको बम डिस्पोजल टोली पुगेर सो वस्तुलाई निष्क्रिय गर्दा झोलामा कुकरभित्र माटो फेला परेको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएको छ ।