काठमाडौं - महोत्तरीको रामगोपालपुर नगरपालिका- २ का वडाध्यक्ष मुकेशकुमार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।
जलेश्वर- बर्दिबास सडक अन्तर्गत बर्दिबास नगरपालिका- ८ स्थित कल्भर्टमा आज बिहान वडाध्यक्ष यादव चढेको लु प्र ०१- ००१प ६३६२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।
वडाध्यक्ष यादवको शव कल्भर्टसँगै भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।
यादव नेपाल कम्प्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।


0 comment