काठमाडौं - नारायणगढ मुग्लिङ सडकमा आइतबार बिहान बस दुर्घटना भएको छ ।
महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको बस बिहान सात बजेतिर भरतपुर महानगर पालिका वडा नम्बर २९ घुमाउनेमा सडकमै पल्टिएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी १० जना यात्रु घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि भरतपुर तर्फ लगिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटनाको थप विवरण आइसकेको छैन ।


0 comment