काठमाडौं - नुवाकोटको बेलकोट गढी नगरपालिका वडा नम्बर ७ ठुलो ढुङ्गा भन्ने स्थानमा वर्षाका कारण पहिरो खस्दा अवरुद्ध गल्छी त्रिशूली सडकको यातायात एकतर्फी सञ्चालनमा सुरु भएको छ ।

बिहानदेखि सो सडक बन्द भएको थियो । गए राती परेको वर्षाका सडक खण्डको माथिल्लो भागबाट ठुलो ढुङ्गा सहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

पहिरोको केही भाग पन्छ्याएर सडक एकतर्फी रुपमा सुचारु गरिएको देवघाट प्रहरीले जनाएको