अभिनेता अर्जुन कार्की र विपिन कार्कीलाई मातृशोक परेको छ । उनकी आमा सरस्वती कार्कीको ७२ वर्षको उमेरमा बिहीबार बिहान पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । विभिन्न दीर्घरोगबाट पीडित रहेकी उनको ४ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिको स्रोतले जनाएको छ।

उनलाई पछिल्लो समय फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या देखिएको थियो । विपिनकी आमा मोरङमा बस्दै आएकी थिइन् । बिरामी भएपछि उनलाई उपचारका लागि विपिनले काठमाडौं ल्याएका थिए । 

आमा विरामी भएकै कारण उनले फिल्म ‘ऊनको स्वीटर’को पाँचथरमा छायांकन हुँदा काठमाडौं ओहोर–दोहोर गरिरहनुपरेको थियो । बुधबार विपिनको जन्मदिन परेको थियो ।