काठमाडौं - काठमाडौंको चन्द्रागिरि नगरपालिका- २ स्थित नागढुङ्गामा पहिरो खस्दा अहिले त्यस क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको छ । 

पहिरो खसेका कारण सडक आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । 

नागढुङ्गा चोकबाट केही मिटर पर नागमन्दिर नजिकै पहिरो खसेको हो । काठमाडौँ भित्रिने र बाहिरिने सबै सवारी साधान ठप्प छन् । अहिले सो क्षेत्रमा पानी परिरहेको र पहिरो खस्ने क्रम जारी जनाइएको छ ।

नागढुङ्गामा खटिएको प्रहरीले काठमाडौँबाट जाने सवारी साधन नागढुङ्गामै रोकेको छ भने उताबाट आउने सवारी साधान पिप्लामोड भन्दा तलै रोकेको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो।