सिन्धुपाल्चोक – सुनकोसी गाउँपालिका वडा नं. २ सिन्धुपाल्चोक जिल्लामा अवस्थित ठोकर्पा माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १४ बर्षिय छात्रा सन्ध्या रोक्काले श्रावण ३२ मा आत्माहत्या गरेको दुःखत समाचार प्राप्त भएको छ । उनी घाँटीमा पासो लगाएर झुण्डिएको मृत अवस्थामा फेला परेकी हुन् । उनले आत्महत्या गर्नुको मुख्य कारण आफुमाथि भएको यौन दुव्र्यवहारको पीडा सहन नसकेर हो भन्ने तथ्य सार्वजानिक भएको छ ।
सोही विद्यालयका शिक्षक निराजन कार्कीले उनलाई प्रेम जालमा पारेर विवाह गर्ने सपना देखाई पटक पटक यौन शोषण गर्दै आएका थिए । उनी कति समय अघिदेखी शिक्षक कार्कीको प्रेमको नाटकमा परेकी थिइन् भन्ने तथ्य प्रहरीबाट खुल्न बाँकी छ । शिक्षक जस्तो अभिभावकीय पेशामा रहेका कार्कीले ती अबोध बालिका माथि यौन शोषण गरिरहेको छनक विद्यालय प्रशासनले समेत थाहा नपाउनु भने आश्चार्यजनक छ । डर, त्रास, लोभ देखाएर बालिकाको जीवनमाथि शिक्षक कार्कीले खेलिरहे । कार्कीले हामीले विवाह गरेको र कतै हरायौं भने कतै नखोज्नु भनि आफ्नो र बालिका सन्ध्याको फोटो सहित सामाजिक सञ्जालमा पोष्ट गरेको देखिन्छ ।
विहेको सपना देखाएर आफ्नो शरीरसँग खेल्ने कार्कीको व्यवहार प्रति उनी मानसिक रुपमा विक्षिप्त बन्न पुगिन् र उनले जीवनलाई सिध्याउने बाटो रोजिन र कार्कीकै घर नजिकै गएर घाँटीमा पासो लगाएर यो धर्ती छोडिदिइन । बालिकालाई आकाशका जुन तारा झार्ने सपना देखाएर उनको इज्जत लुट्ने नीज कार्की अहिले प्रहरीको फन्दामा परेका छन् । कार्की जस्ता व्यभिचारी शिक्षकका कारण विद्यालयका कलिला छात्राहरु असुरक्षित रहेको घट्नाक्रमले बताउँछ । कार्की त निमित्त पात्रमात्र हुन् । यस्ता मुटु छुने घट्नाहरु अन्यत्र पनि घट्न सक्छन् । अभियुक्त कार्कीलाई कडा भन्दा कडा सजायको भागिदार बनाइयोस् भनेर स्थानीयबासीहरुले प्रहरी प्रशासन समक्ष माग गरेका छन् ।


0 comment