काठमाडौं - ललितपुरको एक घरमा आगलागी भएको छ ।

ललितपुर महानगरपालिका वडा नम्बर ११ बंगलामुखी मन्दिर नजिकै अमिरमान बज्राचार्य घरमा आगलागी भएको महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिनुभयो ।

२५ जना नगर प्रहरी, ३ वटा दमकल एउटा पानी ट्यांकरको सहायताले समयमै आगो नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । 

आगोलागीबाट के कति क्षति भयो भन्ने विस्तृत विवरण संकलन भइरहेको प्रमुख सीताराम हाछेथुले बताउनुभयो ।