काठमाडौं – सुरेन्द्र ढकाल प्रतिष्ठानको ११ औ वार्षिक साधारण सभा, मानार्थ सदस्यता तथा आवद्धता पत्र वितरण कार्यक्रम मध्यबानेश्वर स्थीत धन्यबाद पार्टी प्यालेसमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा सुरेन्द्र ढकाल प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र ढकालले प्रतिष्ठानमा आवद्ध हुन आउनु भएका सदस्यहरुलाई प्रतिष्ठानको तर्फबाट प्रमाण पत्र वितरण गर्नु भएको थियो ।
सुरेन्द्र ढकाल प्रतिष्ठानले विभिन्न आवद्ध संघ, संस्था तथा विद्यार्थीहरुलाई छात्रबृति बाफत चेक हस्तान्तरण पनि गर्नु भएको थियो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष ढकालले बार्षिक आयव्यय पनि प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका मानार्थ सदस्यहरु तथा भान्सा नै औषधालयका दिदी बहिनीहरुको पनि बाक्लो उपस्थितीरहेको थियो । हाम्रो शहर, शुन्य फोहोर, भान्सा नै औषधालय’ का प्रवर्तक रोमलाल गिरीले ‘भान्सा नै औषधालय’ को बारेमा जानकारी दिनु भएको थियो । गिरीले सुरेन्द्र ढकाल प्रतिष्ठान र भान्सा औषधालय अभियानको संयुक्त आयोजनामा काठमाडौं उपत्यका भरमा घर घरबाट फोहोर शुन्य बनाई झोलमालमा परिणत गरि उक्त झोलमललाई माटोमा पुर्याउने र रसायनिक मल प्रतिस्थापन गर्ने योजना भएको बताउनु भयो ।
भान्सा नै औषधालयको तालिम लिनु भएका विभिन्न समुहहरु मध्यबाट भान्छा नै औषधालयकी अभियन्ता श्री शारदा सिमखडाले घर घरमा कार्यन्वयन भएको कुरा प्रस्त पार्नु भएको थियो ।
कार्यक्रमका केही झलकहरु









0 comment