सर्वप्रथम संविधानमा व्यवस्था गरिएको मिश्रित निर्वाचन प्राणाली नै राजनीतिक अस्थिरताको मुख्य श्रोत बनेको छ । समानुपातिक र प्रत्यक्ष निर्वाचन प्राणालीका कारण कुनै पनि राजनीतिक दलले बहुमत ल्याउन सक्ने अवस्था रहँदैन । सधै संसद त्रिशंकु बनेर अनिर्णित अवस्थामा रहने व्यवस्था संविधानले नै गरिदिएको छ ।
कुनै पनि दलको सरकार बनाउने गरि बहुमत नआएका कारण अहिले संसद सरकार बनाउने र ढाल्ने कार्य मै व्यस्त बनेको छ । पटक पटक नयाँ सत्ता समीकरण बन्ने क्रम रोकिएको छैन । कहिले काँग्रेस माओवादी कहिले एमाले माओवादी त कहिले काँग्रेस एमालेको सत्ता समीकरण बन्ने गरेको छ । यस्तो अवस्थामा साना दलसँग सत्ताको चाबीरहने र उनीहरुको बार्गेनिङ गर्ने क्षमतालाई संविधानले नै बढुवा गरेको छ ।
यसकारण संविधानमा पुर्ण समानुपातिक व्यवस्था गरि निर्वाचनको नयाँ मोडल देशले अपनाउन जरुरी देखिएको छ । नेपालको राजनीतिक प्रणाली अत्यत खर्चिलो पनि छ । बढी मत ल्याउने विजय बन्ने र समानुपातिक प्रतिनिधित्व प्रणाली अत्यन्त जोखिमपुर्ण निर्वाचनमा सहभागी हुनेले निर्वाचनको समयमा टिकट प्राप्त गर्ने देखि राजनीति दललाई बुझाउनु पर्ने लेवी लगायत अतिरिक्त रकमको सम्बन्धमा ठूलो धनरासी खर्चिनुपर्ने अवस्था छ । उक्त रकम असुल गरि अर्को निर्वाचनका लागि रकमको व्यवस्थापन गर्नुपर्ने भएकाले निर्वाचनमा भएको खर्चलाई व्यापार व्यवसाय गरेको लगानीका रुपमा ग्रहण गर्ने परिपाटी छ । यसले भ्रष्टाचारलाई नितीगत रुपमै संस्थागत गर्दै लगेको छ ।
समानुपातिक तर्फ आफु नजिक रहेका साथीहरु, परिवारका सदस्यहरु नातागोता, इस्टमित्रलाई केन्द्रमा राखि मनोनयन गर्ने प्रचलन छ । यस्ता उमेद्वारहरु समानुपातीक तर्फ जनधार नभएकालाई संसद बनाउने हतकन्डाको रुपमा लिने गरिएको छ । धेरै मत ल्याउनेले जित्ने र समानुपातीक प्रधिनिधित्व गर्ने गरि संसद बन्न सफल भएकाहरु सरकारमा पुग्न अस्वस्थ प्रतिस्प्रर्धा हुने गरेको छ । संविधानमा मिश्रित निर्वाचन प्रणाली अवलम्बन गर्नुको उद्देश्य राजनीतिक स्थिरता कायम गर्नु रहेकोमा यो उद्देश्य हासिल गर्न सकिएको छैन र यसमा सुधारको आवश्यकता छ ।


0 comment