काठमाडौं - कर वृद्धिको विरोधमा हेटौंडाका व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।

व्यवसायीहरूले आज आफ्ना व्यवसाय बन्द गरेर हेटौंडा उपमहानगरको कार्यालयमा धर्ना दिएका हुन् ।

आन्दोलनको नेतृत्व मकवानपुर उद्योग वाणिज्य संघले गर्दै आएको जनाइएको छ ।

व्यवसायीहरूले आज उपमहानगरपालिकाका प्रमुखलाई व्यवसायिक सटरको साँचो बुझाउने तयारी गरेका छन् ।