काठमाडौं – आज बसेको प्रतिनिधिसभाको बैठकबाट संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक बहुमतले पारित भएको छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’लाई सभाले पारित भएको हो ।
अबको दश दिनभित्र यो विधेयकलाई कानूनमा रुपान्तरित गर्ने सरकारको लक्ष्य रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिए । प्रतिनिधिसभाबाट पारित भएको विधेयक राष्ट्रियसभामा जानेछ ।
राष्ट्रियसभाबाट पारित भएर पुनः प्रतिनिधिसभामा आउँछ र सभामुखबाट प्रमणित भएर प्रमणीकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमणीकरण गरेपछि कानून बन्नेछ । प्रतिनिधिसभाको अर्को बैठक आगामी भदौ ६ गते दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी गराए ।


0 comment