दीपक श्रेष्ठ,

काठमाडौंं - लागुऔषध नियन्त्रण ब्युरोको टोलिले ४ करोड रुपैया बराबरको लागुऔषध कोकिन सहित २ जनालाइ पक्राउ गरेको छ। काठमाडै महानगरपालिका वडा नम्बर १० नयाँबानेश्वर स्थित एक होटलमा तान्जानिया नागरिक बर्ष ५८ को जुमा अब्दुल्लाह एम्जि र भारतिय नगरिक के जुचोबेनी टिसोपेइ पक्राउ गरेको हो ।

जुमा अब्दुल्लाह एम्जिलाई शंकास्पद अवस्थामा फेला पारी निजको शरीर तथा कोठा खानतलासी गर्दा निजको कोठा भित्र रहेको निलो रंगको नाइक लेखिएको झोलाभित्र लुकाई राखेको लागु औषध कोकिनका क्याप्सुलहरु ८० वटा बरामद गरेको हो । उक्त क्याप्सुलमा रहेको लागु औषध कोकिन १ किलो १०४ ग्राम रहेको छ ।

त्यसैगरी उक्त कोकिनका क्यासुलहरु डेलिभरी दिने क्रममा भारतीय नागरीक भारतिय नगरिक के जुचोबेनी टिसोपोइलाई समेत पक्राउ गरीएको छ । निज के जुचोबेनी टिसोपेइले उक्त लागऔषध कोकिनका क्यासुलहरु भारत तर्फ लैजान लागेको समेत अनुसन्धानबाट खुल्न आएको छ ।

उनिहरु माथी लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप भई अनुसन्धान भईरहेको लागु औषध नियन्त्रण ब्युरोका प्रमुख एस एसपि दिनेश आचार्यले बताउनु भयो ।