काठमाडौं – चिकित्सक कुटपिट प्रकरणमा संलग्न आरोपी ४ जनाविरुद्ध अनुसन्धानको लागि ३ दिन म्याद थप भएको छ ।
जिल्ला अदालत मकवानपुरले ३ दिनको म्याद थप गरी ४ जनालाई प्रहरी हिरासतमा राखि अनुसन्धान गर्न समय दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।
गत साउन २५ गते डेंगु संक्रमणका कारण हेटौंडा–१२ का राजेश प्रधानको मृत्यु भएको विषयलाई लिएर सन्चो अस्पतालका चिकित्सक विकास थापा र प्रविण विडारी माथि बुधबार कुटपिट भएको थियो ।
घटनामा संलग्न ४ जनालाई सीसीटीभी फुटेजका आधारमा पक्राउ गरिएको थियो । कुटपिटमा संलग्न ८–१० जनाको समूह रहेको र बाँकीको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।


0 comment